भैरहवा, २५ वैशाख । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ७ मा सातदिने सेल्फ मेअकप तालिम (प्रशिक्षण) कार्यक्रम सुरु भएको छ । वडा नम्बर ७ कार्यालयको आयोजनामा सुरु भएको तालिममा ३५ जनाको सहभागीता रहेको छतालिमको बिहीबार उद्घाटन गर्नुहुँदै नगर उपप्रमुख उमा अधिकारीले सीप सिकेपछि घरमै बसेर पनि आयआर्जन गर्न सकिने बताउनुभयो । उहाँले त्यसका लागि इच्छाशक्ति आवश्यक रहेकोमा जोड दिनुभयो । ‘आफैले आफैलाई बेरोजगार नबनाऔं, तालिमलाई तालिममा मात्र सीमित नगरौं, यहाँ सिकेका कुराहरु व्यवहारमा उतार्न म आग्रह गर्दछु, ’उहाँले भन्नुभयो तालिमलाई निःशुल्क नठानी नागरिकले तिरेको करको पैसाबाट सञ्चालित भएको भन्ने बुझ्न उहाँले सहभागीलाई आग्रह गर्नुभयो त्यस्तै सिद्धार्थनगर नगरपालिका–७ का वडाअध्यक्ष दामोदर शर्मा घिमिरे तालिमका सहभागीलाई ध्यान दिएर राम्रोसँग सिक्न अनुरोध गर्नुभयो । ‘यो तालिममा सहभागी भएपछि अवश्य नै उपलब्धीमूलक हुनेछ, ’उहाँले भन्नुभयो ।
वडा सदस्य सुष्मा प्रधानको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । तालिममा प्रशिक्षण पवि खनालले सहजीकरण गर्नुहुनेछ ।








