नवलपरासी। रेडक्रसका जन्म दाता जाँ हेनरी ड्युनाको जन्मदिनको अवसरमा आज दिप प्रज्वलन कार्यक्रम आयोजना गरी विश्व रेडक्रस दिवस मनाइएको छ ।
नवलपरासी बुद्ध चाेकमा आयोजित कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य बैजनाथ जयसवाल, सन्दिप अग्रहरी, नेपाल लेखापढी व्यवसायी संघका केन्द्रीय उपाध्यक्ष अर्जुन क्षेत्री,भ्रष्टाचार विरुद्धकाे नागरिक निगरानी संस्थाका अध्यक्ष रामजी ज्ञवाली,नागरिक समाजका पुर्व अध्यक्ष राधेश्याम सिँह सैथवार लगायत उपस्थित थिए।
लुम्बिनी प्रदेश सभा सदस्य बैजनाथ जयसवालले आफत विपत जस्तै आगलागी,भुकम्प,बाढीपहिरो,बिरामी परेकाे बेलामा रगतको आवश्यकता परेमा रेडक्रसले नै सहयाेग गर्दै आएकाे छ।यस्ता सेवा गरेकै कारण आज विश्वभरमा रेडक्रसकाे पहिचान बनेको छ।जहाँ ठुला ठुला घटनाहरू हुन्छ त्यहाँ रेडक्रसले पिडितहरूलाई राहत वितरण गरेको उनले भने।








