Logo

१ आश्विन २०८३, बिहीबार

  • Uncategorized
  • आदर्श नमुना माविमा विद्यार्थी स्वागत तथा विदाई

आदर्श नमुना माविमा विद्यार्थी स्वागत तथा विदाई

आदर्श नमुना माविमा विद्यार्थी स्वागत तथा विदाई

२९ बैशाख २०८३, मंगलवार ०८:१२
२९ बैशाख २०८३, मंगलवार ०८:१२

नवलपरासीकाे रामग्राम नगरपालिका-५ बुद्ध चाेक अगाडी रहेका आदर्श नमुना माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई स्वागत तथा विदाई कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रममा कक्षा ११ का नव आगन्तुक विद्यार्थीहरुलाइ स्वागत तथा कक्षा १२ का विद्यार्थीहरुलाई सिद्धार्थ हाेटलमा विदाई कार्यक्रम गरिएको थियो।
विद्यार्थी सन्धया काेइरीकाे अध्यक्षतामा प्रमुख अतिथि तथा रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादवले आयाेजित कार्यक्रम्मा आदर्श नमुना माध्यमिक विद्यालयमा अध्यन गरेर जाने विद्यार्थीहरुलाइ शुभकामना दिएका छन।उनले, “जीवनमा आउने हरेक चुनौती तथा समस्याहरूको सामना गर्न सक्ने क्षमता विकास गर्नु पर्छ र राष्ट्र निर्माणमा योगदान पुर्‍याउन असल नागरिक बन्नका लागि विद्यार्थीहरूलाई प्रोत्साहित गरे।
पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजु प्रसाद गुप्ता (दिपक)ले विद्यालयका भाइबहिनीहरू शुभकामना दिदै राम्राे पढाइ गरेर डाक्टर,इन्जिनियर,शिक्षक,कर्मचारी,पाइलट बनेर जिल्ला, पढेकाे विद्यालय र आफ्नाे गाउँ–ठाउँ र देशका लागि केही गर्नु पर्छ।
विद्यालय व्यवस्थापन समितीका अध्यक्ष लक्ष्मण यादव,राम बहादुर सहानी,प्रधानाध्यापक ऋषिराम ढकाल,हेमन्त यादव,लगायतले विद्यार्थीहरूलाई शुभकामना तथा बधाइ दिएर प्रोत्साहित गरे थिए।










  • सम्बन्धित समाचार

    © 2025 All right reserved to nepalnewsroom.com  | Site By : Gyaneshwor Gaud