Logo

३१ भाद्र २०८३, बुधबार

  • Uncategorized
  • सञ्चालनमा आयो पवि युनिसेक्स सैलुन एण्ड एकेडेमी

सञ्चालनमा आयो पवि युनिसेक्स सैलुन एण्ड एकेडेमी

सञ्चालनमा आयो पवि युनिसेक्स सैलुन एण्ड एकेडेमी

१ जेष्ठ २०८३, शुक्रबार २०:०३
१ जेष्ठ २०८३, शुक्रबार २०:०३

भैरहवा, १ जेठ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-७ (भैरहवा) स्थित नारायणपथमा पवि युनिसेक्स सैलुन एण्ड एकेडेमी सञ्चालनमा आएको छ । १५ लाखको लगानीमा सञ्चालनमा आएको उक्त सैलुन एण्ड एकेडेमीको बिहीबार प्रोफेसनल हेयर स्टाईलिस्ट मोहन ठाकुरले उद्घाटन गर्नुभयो ।
विगत १८ वर्षदेखि सिद्धार्थनगर–७ स्थित तीन तारापथमा सञ्चालन हुँदै आएकोमा अब नारायणपथमा सेवा सुरु गरिएको सञ्चालक पवि खनालले बताउनुभयो । ‘यहाँ ब्यूटी सम्बन्धी सबै सेवा उपलब्ध छन्, ’उहाँले भन्नुभयो–‘नेल्स, मेकअप, तालिम लगायतका व्यवस्था छन् ।’ शुभारम्भको अवसरमा फ्री स्कीन टेस्टको व्यवस्था समेत रहेको खनालले जानकारी दिनुभयो ।
प्रोफेसनल हेयर स्टाईलिस्ट मोहन ठाकुरको प्रमुख आतिथ्यता तथा प्रोफेसनल मेकअप आर्टिस्ट दिभा के.सी.को विशिष्ट आतिथ्यतामा पवि युनिसेक्स सैलुन एण्ड एकेडेमीको उद्घाटन कार्यक्रम भएको अर्का सञ्चालक मन्दिरा खनालले बताउनुभयो ।










  • सम्बन्धित समाचार

    © 2025 All right reserved to nepalnewsroom.com  | Site By : Gyaneshwor Gaud