Logo

३१ भाद्र २०८३, बुधबार

  • Uncategorized
  • भैरहवा मुख्यमन्त्री आचार्य व्यवसायीलाई हतोत्साहित गरेर मुलुक अघि बढ्दैन

भैरहवा मुख्यमन्त्री आचार्य व्यवसायीलाई हतोत्साहित गरेर मुलुक अघि बढ्दैन

भैरहवा मुख्यमन्त्री आचार्य व्यवसायीलाई हतोत्साहित गरेर मुलुक अघि बढ्दैन

४ जेष्ठ २०८३, सोमबार ०८:०१
४ जेष्ठ २०८३, सोमबार ०८:०१

भैरहवा,३ जेठ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले व्यवसायीलाई थुनेर तथा हतोत्साहित गरेर मुलुक अघि बढ्न नसक्ने बताएका छन्। उनले यस्तो प्रवृत्तिले निजी क्षेत्रको मनोबल कमजोर बनाउने भन्दै संघीय सरकारको ध्यानाकर्षण गराएका हुन्।

आइतबार नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशको चौथो कार्यकारिणी समितिको पदस्थापना कार्यक्रमलाई सम्बोधन गर्दै उनले निजी क्षेत्रलाई उत्साहित बनाउनुपर्ने बेला संघीय सरकारका कारण हतोत्साहित हुने अवस्था सिर्जना हुनु गम्भीर चिन्ताको विषय भएको बताए। उनले प्रदेश सरकार निजी क्षेत्रको संरक्षण, प्रवद्र्धन र विकासका लागि सधैं साथमा रहने विश्वास व्यक्त गरे।

उहाँले सातै प्रदेशका मुख्यमन्त्री र प्रधानमन्त्रीसँग छलफल गरेर समस्या समाधान गरिएको स्मरण गर्नुभयो । उहाँले उद्योगी तथा व्यवसायीका समस्याका विषयमा संघीय सरकारसँग निरन्तर छलफल गरिने पनि उल्लेख गर्नुभयो ।
‘व्यवसायीहरुलाई थुनेर, हतोत्साहि गरेर मुलुक अघि बढ्न सक्दैन, बदमासी भएका छन् भने कानुनी रुपमा दण्डित गर्न सकिन्छ । तर, सिंगो उद्योग व्यवसाय क्षेत्रलाई नै हतोत्साहि बनाउने गरी धरपकड गर्नु मुलुकका लागि राम्रो हुँदैन,’ उहाँले भन्नुभयो










  • सम्बन्धित समाचार

    © 2025 All right reserved to nepalnewsroom.com  | Site By : Gyaneshwor Gaud