Logo

३१ भाद्र २०८३, बुधबार

  • Uncategorized
  • एकल महिलालाई आत्मनिर्भर बनाउन धुपबत्ती तालिम सुरु

एकल महिलालाई आत्मनिर्भर बनाउन धुपबत्ती तालिम सुरु

एकल महिलालाई आत्मनिर्भर बनाउन धुपबत्ती तालिम सुरु

५ जेष्ठ २०८३, मंगलवार १३:४८
५ जेष्ठ २०८३, मंगलवार १३:४८

सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ ले मानव अधिकार तथा एकल महिलाहरूलाई लक्षित गर्दै पाँच दिने सीपमूलक धुपबत्ती बनाउने तालिम सुरु गरेको छ। महिलाहरूलाई सीपमार्फत आत्मनिर्भर बनाउने उद्देश्यले सञ्चालन गरिएको तालिम सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष पुरन प्रसाद श्रेष्ठको अध्यक्षता तथा सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इश्तियाक अहमद खानको प्रमुख आतिथ्यतामा आज सोमबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको हो ।
तालिमको उद्घाटन गर्दै नगर प्रमुख खानले महिलाहरूलाई आर्थिक तथा सामाजिक रूपमा सशक्त बनाउन स्थानीय तहले यस्ता सीपमूलक कार्यक्रमलाई प्राथमिकता दिइरहेको बताउनु भएको छ । उहाले महिलाले सीप सिकेर मात्र नभई त्यसलाई व्यवहारमा उतार्दै स्वरोजगार र आयआर्जनसँग जोड्नुपर्नेमा जोड दिनु भयो ।
उहाले भन्नू भयो, “आजको आवश्यकता भनेको महिलाहरूलाई आत्मनिर्भर बनाउनु हो। सीप सिकेपछि त्यसलाई व्यवसायमा रूपान्तरण गर्न सकियो भने घरपरिवारको आर्थिक अवस्था सुधार हुनुका साथै समाजमा महिलाको भूमिका अझ सशक्त बन्न सक्छ। स्थानीय सरकारले महिलाको क्षमता अभिवृद्धिका लागि आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनेछ।”

यस्तै गरि कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै वडाध्यक्ष पुरन प्रसाद श्रेष्ठले समाजमा रहेका एकल महिला तथा आर्थिक रूपमा कमजोर महिलाहरूलाई आत्मनिर्भर बनाउने लक्ष्यसहित तालिम सञ्चालन गरिएको जानकारी दिनु भएको छ । उहाले तालिमबाट सहभागी महिलाहरूले व्यावहारिक ज्ञान हासिल गरी घरमै बसेर पनि आयआर्जन गर्न सक्ने विश्वास व्यक्त गर्नु भयो ।
श्रेष्ठले भन्नु भयो, “महिलाहरूलाई सीपसँग जोडेर आत्मविश्वासी बनाउने उद्देश्यले यो कार्यक्रम ल्याएका हौं। धुपबत्ती बनाउने काम सानो लगानीबाट सुरु गर्न सकिने भएकाले यसले महिलाहरूको आर्थिक अवस्था सुधार गर्न महत्वपूर्ण सहयोग पुग्नेछ। सिकेको सीपलाई व्यवहारमा उतार्न सके महिलाहरू स्वरोजगार बन्न सक्नुहुन्छ।”
यस्तै गरि स्वागत मन्तव्य राख्दै वडा सदस्य किरन देवी सुनारले तालिममा सहभागी महिलाहरूलाई सिकाइलाई केवल तालिममै सीमित नराखी व्यवहारमा लागू गर्न आग्रह गर्नु भयो । उहाले महिलाहरूले आत्मनिर्भर बन्ने सोचका साथ तालिममा सक्रिय सहभागिता जनाउनुपर्ने बताउनु भयो । उहाले भन्नु भयो “सीप सिक्नु मात्रै ठूलो कुरा होइन, त्यसलाई व्यवहारमा उतारेर आम्दानीको माध्यम बनाउनु अझ महत्वपूर्ण हो। यहाँ सिकेका कुराले तपाईंहरूको जीवनस्तर परिवर्तन गर्न सहयोग पुर्‍याओस् भन्ने हाम्रो चाहना हो।
तालिमको सहजीकरण एकल महिला समूह लुम्बिनी प्रदेशकी अध्यक्ष अरुणा श्रेष्ठले गरिरहनु भएको छ । तालिम अवधिभर सहभागीहरूलाई धुपबत्ती बनाउने विधि, आवश्यक सामग्रीको प्रयोग, उत्पादन व्यवस्थापन तथा बजारीकरण सम्बन्धी व्यावहारिक ज्ञान प्रदान गरिने जनाइएको छ।
कार्यक्रममा वडा जनप्रतिनिधि, स्थानीय महिला समूह, एकल महिलाहरू तथा विभिन्न सामाजिक व्यक्तित्वहरूको सहभागिता रहेको थियो।










  • सम्बन्धित समाचार

    © 2025 All right reserved to nepalnewsroom.com  | Site By : Gyaneshwor Gaud