Logo

३१ भाद्र २०८३, बुधबार

  • Uncategorized
  • जेठ १५ गते नेपाल गण्डक पश्चिम नहरमा पानी खोलने

जेठ १५ गते नेपाल गण्डक पश्चिम नहरमा पानी खोलने

जेठ १५ गते नेपाल गण्डक पश्चिम नहरमा पानी खोलने

८ जेष्ठ २०८३, शुक्रबार ०९:५२
८ जेष्ठ २०८३, शुक्रबार ०९:५२

नवलपरासी।नेपाल गण्डक पश्चिम नहर सिचाई व्यवस्थापन कार्यालय सेमरीले जेठ १५ गते नहरमा पानी खोलने छ ।
यति बेला धान रोपाइका लागि पानीको आवश्यकता रहेको मध्यनजर गर्दै १५ गते देखि नहरमा पानी खोले नेपाल गण्डक पश्चिम नहर सिचाई व्यवस्थापन कार्यालयका प्रमुख तिलक राम बुढाथाेकीले बताए।
उनले भने, “नहरमा पानी नआउँदा तथा वर्षा नहुँदा नहरको छेउछाउका पोखरी कुल कुलेसो चपाकलमा पनि पानीको सतह घटेको स्थानीयले जनाएका छन।
त्रिवेणी पश्चिम पाल्हीनन्दन गाउँपालिका–६ पडरी सम्म ३२.२ किलोमिटर गण्डक नरहरमा तीन वटा शाखा,सात वटा माईनर,२६ वटा मुल कुलो र एक सय ६२ वटा सहायक कुलो छ।
सिँचाइ व्यवस्थापन: गण्डक सम्झौता अन्तर्गत नेपालले प्राप्त गर्ने पश्चिमी नहरको पानीलाई नवलपरासी क्षेत्रका किसानहरूको खेतसम्म व्यवस्थित रूपमा पुर्‍याउने।
नहर मर्मत सम्भार: मुख्य नहर, शाखा नहर तथा उप-शाखाहरूको नियमित मर्मत, सफाइ र सुदृढीकरण गर्ने।
गण्डक नहरको पानीबाट सुस्ता,प्रतापपुर,सरावल,पाल्हीनन्दन,बर्दघाट र रामग्राम नगरपालिकाका भित्रका किसानहरूले सिचाइ गर्छन।नरहको उत्तर र दक्षिण करिब सात हजार आठ सय हेक्टर जमिन प्रत्येक वर्ष किसानहरुले सिचाई गर्छन उनले भने।










  • सम्बन्धित समाचार

    © 2025 All right reserved to nepalnewsroom.com  | Site By : Gyaneshwor Gaud