Logo

३१ भाद्र २०८३, बुधबार

  • Uncategorized
  • सूयदेव माविमा ‘मेरो विद्यालय मेरो दायित्व’ कार्यक्रम सञ्चालन

सूयदेव माविमा ‘मेरो विद्यालय मेरो दायित्व’ कार्यक्रम सञ्चालन

सूयदेव माविमा ‘मेरो विद्यालय मेरो दायित्व’ कार्यक्रम सञ्चालन

१३ जेष्ठ २०८३, बुधबार १८:१६
१३ जेष्ठ २०८३, बुधबार १८:१६

भैरहवा, १३ जेठ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० दोगहरीस्थित श्री सूर्यदेव माध्यमिक विद्यालयमा ‘मेरो विद्यालय मेरो दायित्व’ कार्यक्रम सञ्चालन गरिएको छ ।
विद्यालयको आयोजना तथा सामाजिक विकास डिभिजन कार्यालय, रुपन्देहीको सहयोगमा कार्यक्रम गरिएको विद्यालयका प्रधानाध्यापक भरत गिरी गोसाईले बताउनुभयो । विद्यालयको शैक्षिक, प्रशासनिक, सामाजिक, आर्थिक एवं भौतिक वातावरण सुधार गर्दै विद्यालय र समुदायबीचको सम्बन्ध सुदुढ बनाउने कार्यक्रमको उद्देश्य रहेको प्रधानाध्यापक गोसाईले बताउनुभयो । लुम्बिनी प्रदेश सरकार, सामाजिक विकास डिभिजन कार्यालय, रुपन्देहीको वार्षिक कार्यक्रम अन्तर्गत ‘मेरो विद्यालय मेरो दायित्व’ कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनुभयो । ‘विद्यालयमा आर्थिक सहयोग नै गर्नुपर्छ भन्ने छैन, शैक्षिक, भौतिक, सामाजिक रुपमा पनि सहयोग गर्न सकिन्छ, ’उहाँले भन्नुभयो
मंगलबार विद्यालय प्रांगणमा आयोजित कार्यक्रममा बोल्नुहुँदै सिद्धार्थनगर नगरपालिकाको उपप्रमुख उमा अधिकारीले सामूदायिक विद्यालयलाई अगाडि बढाउन सिद्धार्थनगरका संस्थागत विद्यालयले पनि सहयोग गर्नु सराहनीय रहेको बताउनुभयो । ‘यो विद्यालयलाई अगाडि बढाउन वडा नम्बर १० का वडाअध्यक्ष सुजर्मन यादवसहितको टीमले उल्लेखनीय कार्य गरेको छ, ’उहाँले भन्नुभयो । जीवनमा आइपर्ने समस्यासँग जुध्न शिक्षा आर्जन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । कम्तीमा आफ्नो जन्मदिनको अवसरमा विद्यालयमा केही न केही सहयोग गर्ने सोच राखेर अगाडि बढ्न उहाँले आग्रह गर्नुभयो । विद्यालयलाई सहयोग गर्ने सबैप्रति उहाँले आभार व्यक्त गर्नुभयो ।

त्यस्तै सामाजिक विकास डिभिजन कार्यालय, रुपन्देहीका प्रमुख हरि बहादुर बिष्टले ‘मेरो विद्यालय मेरो दायित्व’ कार्यक्रम मात्र नभइ अभियानको रुपमा सञ्चालन गर्नुपर्ने बताउनुभयो । उहाँले जहाँ भए पनि आफूले शिक्षा आर्जन गरेको पवित्र मन्दिर (विद्यालय) प्रति आफ्नो दायित्व पूरा गर्नुपर्छ भन्ने भावको विकास गर्न यो कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । ‘कर्तव्यबोध गर्ने हो भने विद्यालयलाई राम्रो बनाउन सकिन्छ, जहाँ पुगे पनि आफूले अध्ययन गरेको विद्यालयलाई बिर्सनुहुँदैन, केही न केही योगदान गर्नुपर्छ ’उहाँले भन्नुभयो ।
सिद्धार्थनगर नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको वरिष्ठ शिक्षा अधिकृत जाह्नवी पाण्डेले सरकारको सहयोगका बाबजुद सामूदायिक विद्यालयमा देखिएका स–साना अभावलाई पूर्ति गर्दै विद्यालयलाई समुदायका व्यक्तित्वले नै विशेष बनाउन सक्ने बताउनुभयो । उहाँले विद्यालयप्रति दायित्वबोध गराउन सचेतना जगाउने उद्देश्यले पनि यो कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । ‘मेरो विद्यालय मेरो दायित्व’ कार्यक्रम आज लागि मात्र होइन, विद्यालयलाई राम्रो बनाउन कसले कति योगदान गर्न सक्नुहुन्छ भन्ने सोच्न जरुरी छ, ‘उहाँले भन्नुभयो । यो कार्यक्रम अन्य विद्यालयमा पनि सञ्चालन गर्न जरुरी रहेकोमा उहाँले जोड दिनुभयो ।
रुपन्देही क्याम्पसका क्याम्पस प्रमुख मोतीलाल सुवेदीले श्री सूर्यदेव माध्यमिक विद्यालय विभिन्न राम्रो कार्य अघि बढाएको बताउनुभयो । उहाँले यस्ता कार्यक्रमले विद्यालयको गतिविधि जान्न मौका प्रदान गर्ने बताउनुभयो ।
कार्यक्रममा सिद्धार्थनगर–१० का वडाअध्यक्ष सुर्जमान यादव, सूयदेव माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकुमार कोइरी, सामूहिक विद्यालय परिवार, रुपन्देहीका अध्यक्ष विष्णु प्रसाद पन्थी, विद्यालयका शिक्षक गंगालाल जैसीलगायतले बोल्नुभएको थियो । कार्यक्रममा विद्यालयलाई सहयोग गर्ने विभिन्न व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो ।










  • सम्बन्धित समाचार

    © 2025 All right reserved to nepalnewsroom.com  | Site By : Gyaneshwor Gaud