Logo

३१ भाद्र २०८३, बुधबार

  • Uncategorized
  • विद्यार्थीलाई लुम्विनी साँस्कृतिक नगरपालिका द्रारा ल्यापटप र साइकल

विद्यार्थीलाई लुम्विनी साँस्कृतिक नगरपालिका द्रारा ल्यापटप र साइकल

विद्यार्थीलाई लुम्विनी साँस्कृतिक नगरपालिका द्रारा ल्यापटप र साइकल

२१ जेष्ठ २०८३, बिहीबार ०७:३६
२१ जेष्ठ २०८३, बिहीबार ०७:३६

लुम्विनी-रूपन्देहीकाे लुम्विनी साँस्कृतिक नगरपालिकाले विद्यार्थी प्राेत्साहन कार्यक्रम अन्तर्गत एस.ई.ई. परीक्षामा उत्कृष्ट नम्बर ल्याउने विद्यार्थीलाई पुरस्कार वितरण गरेकाे छ।
विद्यार्थीहरूकाे शैक्षिक अनुभव तथा उत्कृष्ट नम्बरलाई मध्यनजर गर्दै उच्च शिक्षामा प्राेत्साहन गर्नका लागि दुई जनालाई ल्यापटप र पाँच जना विद्यार्थीहरूलाई साइकल वितरण गरेकाे लुम्विनी साँस्कृतिक नगरपालिकाका कार्यवाहक नगर प्रमुख कल्पना हरिजनले बताइन।
घर देखि टाढा बजार सम्म उच्च शिक्षा अध्यनका लागि सहज तथा उत्प्रेरणा लागि नगरपालिका अन्तर्गतका समुदायिक विद्यालयमा प्रथम आउने विद्यार्थीलाई ल्यापटप,द्रितिय र तृतीय आउने विद्यार्थीलाई लुम्विनी साँस्कृतिक नगरपालिकाले साइकल वितरण गरेकाे हाे।नगरपालिकामा आयोजित एक समारोहका बीच ल्य ल्यापटप, साइकल र प्रमाण पत्र वितरण गर्दै कार्यवाहक नगरप्रमुख कल्पनाले उच्च शिक्षा हासिल गर्नका लागि छात्र छात्रालाइ प्रोत्साहन गर्ने उद्देश्यले पुस्कार वितरण गरेको बताइन।
साइकल पाएपछि उच्च शिक्षा हासिल गर्न देखि टाढा बजार सम्म आउजाउ गर्न विद्यार्थीलाई मद्दत पुग्ने उनको भनाई छ ।
२०८२ सालमा समुदायिक विद्यालयमा एस.ई.ई. परीक्षामा उत्कृष्ट नम्बर ल्याउने ७ वटा समुदायिक विद्यालयका ७ जना विद्यार्थीलाई पुरस्कार वितरण गरेकाे र कक्षा ८ मा उत्कृष्ट नम्बर ल्याउने ९ वटा संस्थागत विद्यालयका ९ जना विद्यार्थीलाई प्रमाण पत्र सहित नगरपालिकाले सम्मान गरेकाे प्रमुख प्रशासकिय अधिकृत तारा ज्ञवालीले बताइन।
समुदायिक विद्यालयमा अध्यन गर्ने विद्यार्थीहरूकाे आर्थिक अवस्था कमजाेर रहेकाे तथा उच्च शिक्षा अध्यनमा पछाडी रहेकाेले उच्च शिक्षा अध्यन गर्न प्राेत्साहनका लागि ल्यापटप र साइकल वितरण गरेकाे उनकाे भनाइ छ।
समुदायिक विद्यालयमा अधिकांश गरीब र निम्न परिवारका विद्यार्थी भर्ना भइ अध्यन गरिरहेकाेले समुदायिक विद्यालयका विद्यार्थीहरूकाे शिक्षाकाे लगाव बढाउने उद्देश्यले सहयोग गरिएको सहायक शिक्षा अधिकृत प्रमिला पछाइले बताइन।
विद्यार्थीलाई शिक्षामा हौसला प्रदान गरी अझै अघि बढ्न प्रेरणा दिनु हाम्रो कर्तव्य हो,’प्रमिला पछाइले भनिन,‘पढाई सँगै अतिरिक्ति क्रियाकलाप जस्तै स्वास्थ्यकाे लागि खेलकुदमा पनि भाग लिन आवश्यक छ उनले भनिन।”










  • सम्बन्धित समाचार

    © 2025 All right reserved to nepalnewsroom.com  | Site By : Gyaneshwor Gaud