Logo

३१ भाद्र २०८३, बुधबार

  • Uncategorized
  • सुरक्षित समाज निर्माणमा सबैको साथ सहकार्य र समन्वय आवश्यकः आईजीपी कार्की

सुरक्षित समाज निर्माणमा सबैको साथ सहकार्य र समन्वय आवश्यकः आईजीपी कार्की

सुरक्षित समाज निर्माणमा सबैको साथ सहकार्य र समन्वय आवश्यकः आईजीपी कार्की

१ असार २०८३, सोमबार १७:४०
१ असार २०८३, सोमबार १७:४०

भैरहवा । समाजमा बढ्दै गएका लागूऔषध दुव्र्यसन, सडक दुर्घटना, आत्महत्या, बालविवाह तथा लैङ्गिक हिंसाजस्ता समस्याविरुद्ध सबै पक्ष एकजुट हुनुपर्ने आवाज लुम्बिनीबाट उठेको छ। भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा आयोजित शान्ति पदयात्रा तथा जनचेतनामूलक कार्यक्रममा सहभागी वक्ताहरूले शान्त, सुरक्षित र सभ्य समाज निर्माणका लागि प्रहरी, स्थानीय तह र समुदायबीचको सहकार्य अपरिहार्य रहेको बताएका छन्।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयद्वारा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजमा देखिएका विकृति र कुसंस्कार हटाउन केवल प्रहरीको प्रयास पर्याप्त नहुने उल्लेख गर्दै साझा जिम्मेवारी र सक्रिय सहभागिता आवश्यक रहेको बताए। उनले बुद्धको शान्ति, सहिष्णुता र भाइचाराको सन्देशलाई व्यवहारमा उतार्दै सामाजिक रूपान्तरणका अभियानलाई देशव्यापी बनाउनुपर्ने धारणा राखे।

कार्कीले पछिल्लो समय लागूऔषध दुव्र्यसन, आत्महत्या, बालविवाह र लैङ्गिक हिंसाजस्ता विषय गम्भीर सामाजिक चुनौतीका रूपमा देखा परेको उल्लेख गर्दै यस्ता समस्याको समाधानका लागि परिवार, विद्यालय, स्थानीय तह र नागरिक समाजको भूमिका महत्वपूर्ण हुने बताए। साथै नेपाल प्रहरीले प्रविधिमैत्री तथा जनमैत्री सेवा विस्तार गर्दै विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए।
यसै अवसरमा नेपाल प्रहरीको इतिहासमै पहिलो पटक आयोजना गरिएको ‘ह्याक फर सेफ्टी ह्याकाथुन’ प्रतियोगिता पनि सम्पन्न भएको छ। प्रतियोगितामा देशभरका युवा तथा प्रविधिविज्ञहरूले कृत्रिम बौद्धिकता, मोबाइल एप र डिजिटल प्रणालीमा आधारित सुरक्षा तथा सेवा प्रवाह सुधारका नवीन अवधारणा प्रस्तुत गरेका थिए। प्रहरीले यस्ता प्रविधिमूलक पहलले भविष्यमा नागरिकमैत्री सुरक्षा प्रणाली विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।










  • सम्बन्धित समाचार

    © 2025 All right reserved to nepalnewsroom.com  | Site By : Gyaneshwor Gaud