Logo

३१ भाद्र २०८३, बुधबार

  • Uncategorized
  • मुक्तिनाथ बैंकले आयोजना बहिरा बाल विद्यालयलाई एक थान आधुनिक वाटर कुलर मेसिन हस्तान्तरण

मुक्तिनाथ बैंकले आयोजना बहिरा बाल विद्यालयलाई एक थान आधुनिक वाटर कुलर मेसिन हस्तान्तरण

मुक्तिनाथ बैंकले आयोजना बहिरा बाल विद्यालयलाई एक थान आधुनिक वाटर कुलर मेसिन हस्तान्तरण

१ श्रावण २०८३, शुक्रबार १४:३४
१ श्रावण २०८३, शुक्रबार १४:३४

भैरहवा, ३० असार । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–२ मेउडिहवास्थित श्री बहिरा बाल माध्यमिक विद्यालयले दुईवटा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शैक्षिक तथा आधारभूत पूर्वाधार सुदृढीकरणका लागि आवश्यक सामग्री सहयोग गरेका छन् । मुक्तिनाथ विकास बैंक कोटिहवा शाखा र कुमारी बैंक लिमिटेड भैरहवा शाखाले विद्यालयलाई सामग्री हस्तान्तरण गरेका हुन् ।मुक्तिनाथ बैंकले आयोजना गरेको कार्यक्रममा विद्यालयलाई एक थान आधुनिक वाटर कुलर मेसिन हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा बोल्दै वडाअध्यक्ष छेदीलाल श्रीवास्तवले सामूदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि निजी क्षेत्रको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो । उहाँले सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकहरूले शिक्षा क्षेत्रमा गरेको सहयोग अनुकरणीय रहेको उल्लेख गर्नुभयो । उहाँले यस्ता कार्यले विद्यार्थीहरूलाई थप सहज वातावरणमा अध्ययन गर्ने अवसर प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।
त्यस्तै कुमारी बैंकले विद्यालयका विद्यार्थीहरूको पठनपाठनलाई थप सहज र व्यवस्थित बनाउन १० थान फाइबर बेञ्च तथा ३ थान पानी डिस्पेन्सर मेसिन विद्यालयलाई हस्तान्तरण गरेको छ । विद्यालयमा विद्यार्थीको संख्या बढ्दै जाँदा आवश्यक शैक्षिक सामग्रीको व्यवस्थापनमा सहयोग पुग्ने उद्देश्यले उक्त सामग्री उपलब्ध गराइएको बैंकले जनाएको छ ।
विद्यालयका प्रधानाध्यापक भीमबहादुर थापाले दुवै बैंकप्रति आभार व्यक्त गर्दै प्राप्त सामग्रीले विद्यालयको दैनिक व्यवस्थापन र विद्यार्थीहरूको अध्ययन वातावरण सुधारमा प्रत्यक्ष सहयोग पुग्ने बताउनुभयो । उहाँले सुरक्षित खानेपानीको व्यवस्था, पर्याप्त बस्ने स्थान तथा आधारभूत सुविधाले विद्यार्थीको सिकाइमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो ।सिटीओ विजयकुमार गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बैंकका प्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, शिक्षक तथा स्थानीय अभिभावकहरूको समेत उपस्थिति थियो ।










  • सम्बन्धित समाचार

    © 2025 All right reserved to nepalnewsroom.com  | Site By : Gyaneshwor Gaud