Logo

३१ भाद्र २०८३, बुधबार

  • Uncategorized
  • रक्तदान, तथा वृक्षारोपण कार्यक्रम सम्पन्न

रक्तदान, तथा वृक्षारोपण कार्यक्रम सम्पन्न

रक्तदान, तथा वृक्षारोपण कार्यक्रम सम्पन्न

२४ श्रावण २०८३, आईतवार २०:४७
२४ श्रावण २०८३, आईतवार २०:४७

भैरहवा, २४ साउन । रोटरी क्लब अफ भैरहवा, श्री दुर्गा सामुदायिक (प्रहरी) सेवा केन्द्र र रोट्याक्ट क्लब अफ भैरहवाको संयुक्त आयोजनामा शनिबार रक्तदान एवं रक्तदाता उत्प्रेरणा तथा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।

सिद्धार्थनगर नगरपालिका–६ स्थित दुर्गाकलोनीमा भएको कार्यक्रममा २५ यूनिट रगत संकलन भएको रोटरी क्लब अफ भैरहवा, श्री दुर्गा सामुदायिक (प्रहरी) सेवा केन्द्रका अध्यक्ष अजय कुमार गुप्ताले बताउनुभयो । त्यस्तै विरुवा रोप्ने तथा विरुवा वितरण समेत गरिएको उहाँले जानकारी दिनुभयो । अध्यक्ष गुप्ताका अनुसार रोटरीको अभियान अन्तर्गत ‘हरियाली आजको आवश्यकता, सुरक्षित भोलिको सुनिश्तिता’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा २५१ वटा विरुवा रोप्ने/वितरण गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखाका सभापति रामचन्द्र उपाध्यायले रक्तदान पुनित कार्य भएकोले आगामी दिनमा पनि यो कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।

श्री कालीभक्ति गण भैरहवाका कर्णेल विरेन्द्र बहादुर सिंह, सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) आस्मान तामाङ, प्रहरी निरीक्षक अमृता घर्तीको विशिष्ट आतिथ्यता, सिद्धार्थनगर नगरपालिका–३ का वडाअध्यक्ष नारायण प्रसाद उपाध्याय, रोटरीयन विष्णु थापा, गंगाधर भण्डारी, संचिता अर्याल, नन्दा थापा लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रम संयोजक रोटरीयन संजीव शर्माको रेग्मीको स्वागत तथा रोटरीयन हरि प्रसाद आचार्यको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।

कार्यक्रममा सिद्धार्थनगर नगरपालिका ३ नम्बर वडा कार्यालयले श्री दुर्गा सामुदायिक (प्रहरी) सेवा केन्द्रलाई २ वटा स्ट्याण्ड पंखा सहयोग गरेको थियो । रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी, रुपन्देहीले प्राविधिक सहयोग गरेको थियो ।










  • सम्बन्धित समाचार

    © 2025 All right reserved to nepalnewsroom.com  | Site By : Gyaneshwor Gaud