भैरहवा, २७ साउन । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१०, बेवरीस्थित नमुना इङ्लिस बोर्डिङ स्कूलमा युथ करियर काउन्सेलिङ प्रोग्राम सम्पन्न भएको छ
लायन्स क्लब अफ बुटवल लोटस, लायन्स क्लब अफ भैरहवा लिगेसी र लायन्स क्लब अफ लुम्बिनी लाइटको संयुक्त आयोजनामा बुधबार उक्त कार्यक्रम भएको हो । विश्व युवा दिवसको अवसरमा आयोजित कार्यक्रममा कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरूको सहभागीता रहेको लायन्स भैरहवा लिगेसीका अध्यक्ष तथा विद्यालयका शिक्षक नारायण प्रसाद कोइरालाले बताउनुभयो ।

कार्यक्रममा प्रशिक्षक तथा प्रमुख वक्ता लायन्स क्लब अफ लुम्बिनी लाइटका अध्यक्ष उपेन्द्र अधिकारीले विद्यार्थीलाई आफ्नो क्षमता पहिचान गर्दै भविष्यको लक्ष्य निर्धारण गर्न आग्रह गर्नुभयो । उहाँले आत्मविश्वास बढाउन तथा सकारात्मक सोचका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा विद्यालयका प्राचार्य कमल कोइरालाले विशेष गरी किशोरावस्था अत्यन्त महत्वपूर्ण र संवेदनशील हुने बताउनुभयो । उहाँले यस उमेरमा सही मार्गदर्शन आवश्यक रहेको बताउनुभयो । प्राचार्य कोइरालाले लायन्स क्लबहरूले विद्यार्थीकेन्द्रित कार्यक्रम आयोजना गरेकोमा धन्यवाद व्यक्त दिनुभयो

लायन्स क्लब अफ बुटवल लोटसको अध्यक्ष नारायणी काफ्लेलेको अध्यक्षता तथा रिजन–१५ को चेयरपर्सन सुशीला आचार्यको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा लायन्स क्लब अफ बुटवल लोटसकी पूर्वअध्यक्ष अस्मिता अधिकारी, सचिव सम्झना श्रेष्ठ, लायन्स भैरहवा लिगेसीका सह–सचिव सुनिल पौडेल, निर्देशक विष्णु भट्टराईलगायतको उपस्थिति थियो ।








