Logo

३१ भाद्र २०८३, बुधबार

  • Uncategorized
  • मदरसाका विद्यार्थीहरुलाई पोशाक वितरण

मदरसाका विद्यार्थीहरुलाई पोशाक वितरण

मदरसाका विद्यार्थीहरुलाई पोशाक वितरण

२८ श्रावण २०८३, बिहीबार १०:१९
२८ श्रावण २०८३, बिहीबार १०:१९

भैरहवा, २८ साउन । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका ४ नम्बर वडा कार्यालयले मदरसाका विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गरेको छ ।

बुधबार दोगहरास्थित मदरसा कादरिया मिस्बाहुल ओलुममा अध्ययनरत १४० जना विद्यार्थीहरुलाई पोशाक वितरण गरिएको वडाअध्यक्ष मुक्तिनाथ यादव (भोला)ले बताउनुभयो । प्रत्येक वर्ष मदरसामा अध्ययनरत विद्यार्थीहरुलाई वडा कार्यालयले पोशाक उपलब्ध गराउँदै उहाँले जानकारी दिनुभयो ।

पोशाक वितरण कार्यक्रममा वडा सदस्य हरि बहादुर के.सी., सईद अहमद धुनिया, इन्द्रमती धोबी, मञ्जु कुमारी चौधरी, वडा सचिव धनेशचन्द्र गुरुङलगायतको उपस्थिति रहेको थियो ।
यो न्युजलाई चेन्ज गरेर पठाउनु शीर्षक समेत










  • सम्बन्धित समाचार

    © 2025 All right reserved to nepalnewsroom.com  | Site By : Gyaneshwor Gaud