Logo

३१ भाद्र २०८३, बुधबार

  • Uncategorized
  • इन्सपेक्टर कृष्णप्रसाद घिमिरे साउन महिनाको ‘उत्कृष्ट प्रहरी’ घोषित

इन्सपेक्टर कृष्णप्रसाद घिमिरे साउन महिनाको ‘उत्कृष्ट प्रहरी’ घोषित

इन्सपेक्टर कृष्णप्रसाद घिमिरे साउन महिनाको ‘उत्कृष्ट प्रहरी’ घोषित

४ भाद्र २०८३, बिहीबार १६:१५
४ भाद्र २०८३, बिहीबार १६:१५

भैरहवा (रुपन्देही), ४ भदौ ।
नेपाल प्रहरी प्रदेश कार्यालय भैरहवा, रुपन्देहीमा कार्यरत प्रहरी निरीक्षक (इन्सपेक्टर) कृष्ण प्रसाद घिमिरे साउन महिनाको ‘उत्कृष्ट प्रहरी’ (पुलिस अफ द मन्थ) घोषित हुनुभएको छ।

सांगठनिक नीति तथा निर्देशनबमोजिम व्यावसायिक निष्ठाका साथ पदीय जिम्मेवारी पूरा गरेको भन्दै कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिपक पोखरेलले घिमिरेलाई पुरस्कृत एवं सम्मान गर्नुभएको हो।

प्रदेश कार्यालयका अनुसार निरीक्षक घिमिरेले कार्यालय मातहतको केन्द्रीय अनुसन्धान इकाई (सीआईयू), साइबर इकाई तथा दूरसञ्चार समन्वय शाखा प्रमुखको जिम्मेवारी कुशलतापूर्वक सम्पादन गर्नुभएको छ।

मातहतका विभिन्न प्रहरी इकाईहरूबाट अनुसन्धानका लागि अनुरोध आएबमोजिम घटनास्थलमै पुगेर प्राविधिक तथा अनुसन्धान सहयोग पुर्‍याउनुका साथै अपराध अनुसन्धानमा दूरसञ्चार डेटा विश्लेषण र प्राविधिक समन्वयमा उहाँले उल्लेखनीय भूमिका खेल्नुभएको कार्यालयले जनाएको छ। साथै, कार्यालयको दैनिक कार्यसम्पादन, शाखाको चुस्त अभिलेखीकरण र स्वीकृत कार्ययोजना प्रभावकारी रूपमा कार्यान्वयन गरेको आधारमा उहाँलाई उत्कृष्ट ठहर गरिएको हो।










  • सम्बन्धित समाचार

    © 2025 All right reserved to nepalnewsroom.com  | Site By : Gyaneshwor Gaud