Logo

३१ भाद्र २०८३, बुधबार

  • Uncategorized
  • भोटेकोशी बाढीपीडितको राहतका लागि लायन्स क्लब ३२५ पी द्वारा १८ लाख बढी सहयोगको घोषणा

भोटेकोशी बाढीपीडितको राहतका लागि लायन्स क्लब ३२५ पी द्वारा १८ लाख बढी सहयोगको घोषणा

भोटेकोशी बाढीपीडितको राहतका लागि लायन्स क्लब ३२५ पी द्वारा १८ लाख बढी सहयोगको घोषणा

१२ भाद्र २०८३, शुक्रबार १३:००
१२ भाद्र २०८३, शुक्रबार १३:००

भैरहवा/ १२ भदौ । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ पी, नेपाल मातहतका विभिन्न क्लबहरूले भोटेकोशी बाढीपीडितहरूको उद्धार तथा राहतका लागि १८ लाख रुपैयाँभन्दा बढी सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। बिहीबार रुपन्देहीको बुटवलस्थित लायन्स सचिवालयमा बसेको क्लबहरूको आकस्मिक बैठकमा उक्त सहयोग रकम संकलन गर्ने निर्णय भएको हो। मानवीय सेवा तथा विपद् उद्धार एवं राहतका डीएटी संयोजक (कोर्डिनेटर) ओम कुमार श्रेष्ठका अनुसार बैठकमा उपस्थित क्लबहरूले तत्कालै उक्त सहयोगको प्रतिबद्धता व्यक्त गरेका हुन्। संयोजक श्रेष्ठले बैठकमा उपस्थित हुन नसकेका अन्य क्लब तथा पदाधिकारीहरूबाट समेत थप सहयोग आउने विश्वास व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “यस विपद्को घडीमा बैठकमा उपस्थित हुन असमर्थ हुनुभएका सम्पूर्ण लायन्स क्लबका पदाधिकारी र सदस्यहरूलाई आफ्नो क्लबकातर्फबाट सक्दो सहयोग गर्न हार्दिक अपिल गर्दछु।” साथै, उहाँले सम्बन्धित क्लबका पदाधिकारी तथा सदस्यहरूलाई प्रतिबद्धता जनाइएको रकम यथाशीघ्र जम्मा गरी पीडितहरूको उद्धार तथा राहत कार्यलाई तीव्रता दिन समेत अनुरोध गर्नुभएको छ। ओम कुमार श्रेष्ठको अध्यक्षता तथा डिष्ट्रिक गभर्नरको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त आकस्मिक बैठकको सहजीकरण तथा सञ्चालन डिष्ट्रिक सेक्रेटरी आशिष कृष्ण श्रेष्ठले गर्नुभएको थियो।










  • सम्बन्धित समाचार

    © 2025 All right reserved to nepalnewsroom.com  | Site By : Gyaneshwor Gaud