Logo

१९ कार्तिक २०८३, बुधबार

  • Uncategorized
  • सिद्धार्थनगरको प्रशासनिक भवन उद्घाटन: २३ करोडको लगानीमा भवन उद्घाटन

सिद्धार्थनगरको प्रशासनिक भवन उद्घाटन: २३ करोडको लगानीमा भवन उद्घाटन

सिद्धार्थनगरको प्रशासनिक भवन उद्घाटन: २३ करोडको लगानीमा भवन उद्घाटन

२३ चैत्र २०८२, सोमबार १८:४९
२३ चैत्र २०८२, सोमबार १८:४९

भैरहवा २३ सिद्धार्थनगर नगरपालिकाले आफ्नो नवनिर्मित अत्याधुनिक प्रशासकीय भवनको विधिवत् उद्घाटन गरेको छ। सोमबार एक भव्य समारोहका बीच वास्तु पूजासहित नगरबासीको उपस्थितिमा नयाँ भवनबाट औपचारिक सेवा शुभारम्भ गरिएको हो। २०७८ सालमा शिलान्यास गरिएको यो भवनले विभिन्न समयका निर्वाचन र प्राविधिक ढिलाइलाई चिर्दै अन्ततः पूर्णता पाएको छ।सिद्धार्थनगरको प्रशासनिक भवन उद्घाटन: २३ करोडको लगानीमा अत्याधुनिक पूर्वाधार, सेवा प्रवाहमा नयाँ भवनमा सेवा दिने

यस्तै, लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीले फोहोर व्यवस्थापन र नगरको सौन्दर्यकरणमा ध्यान दिन आग्रह गरे ।  साहित्यकार विजय गोविन्द श्रेष्ठले ऐतिहासिक सिद्धार्थ ज्ञान मन्दिर पुस्तकालयको संरक्षणमा नगरपालिकाले विशेष चासो दिनुपर्ने बताए 

सिद्धार्थनगर–४, का वडाध्यक्ष मुक्तिनाथ यादवले भवन तयार हुनु गर्वको कुरा भएको जनाउँदैं कर्मचारी र जनप्रतिनिधिले मिलेर नगरका सेवालाई गुनासा रहित र प्रभावकारी तुल्याउनुपर्ने बताए । ‘नगरपालिकाका सेवा अब पारदर्शी हुनुपर्छ,’ उनले भने, ‘त्यसका लागि जनप्रतिनिधि र कर्मचारीबीच एकता जरुरी छ ।’ उद्घाटन कार्यक्रममा साहित्यकार, पत्रकार, एसईईमा उत्कृष्ट नतिजा ल्याउने छात्रछात्रा, खेलाडी, उत्कृष्ट कर्मचारी र सेवानिवृत्त भएका नगरपालिकाका कर्मचारीलाई पुरस्कार प्रदान गरिएको थिए

उपप्रमुख अधिकारीले स्थानीयको योगदान र सहयोगले नै नगरपालिका अहिलेसम्म सफलतापूर्वक अगाडि बढिरहेको बताइन्् । ‘तर, अधिकार माग गर्दै गर्दा कर्तव्यको पनि ख्याल गर्नुपर्छ,’ उनले भनिन्, ‘नगरपालिकालाई गुनासो रहित बनाउन नागरिकको ठूलो भूमिका स्थानीय कर्मचारी लगायत सबैको भूमिका रहेको छ।’










  • सम्बन्धित समाचार

    © 2025 All right reserved to nepalnewsroom.com  | Site By : Gyaneshwor Gaud