Logo

१९ कार्तिक २०८३, बुधबार

  • Uncategorized
  • क्लीन भैरहवा, ग्रीन भैरहवा सीमा नाका बेलहियामा सरसफाई कार्यक्रम

क्लीन भैरहवा, ग्रीन भैरहवा सीमा नाका बेलहियामा सरसफाई कार्यक्रम

क्लीन भैरहवा, ग्रीन भैरहवा सीमा नाका बेलहियामा सरसफाई कार्यक्रम

३० चैत्र २०८२, सोमबार १०:३२
३० चैत्र २०८२, सोमबार १०:३२

भैरहवा, २९ चैत । ‘क्लीन भैरहवा, ग्रीन भैरहवा’ ले सीमा नाका बेलहियामा सरसफाई कार्यक्रम गरेको छ । सीमा नाका (दशगजा) देखि भैरहवा भन्सार कार्यालयसम्म शनिबार बिहान सरसफाई गरिएको युवा अभियन्ता विवेक भण्डारीले जानकारी गराउनुभयो । 
देशका लागि हप्तामा २ घण्टा’ भन्ने मूल नारासहित हामी सबै मिलेर आफ्नो सहरलाई सफा, हरियाली र सुन्दर बनाउने अभियानलाई अझ सशक्त बनाउँदै अगाडि बढिरहेका छौं । प्रत्येक शनिबार यो अभियानलाई निरन्तरता दिनेछौं, ’भण्डारीले बताउनुभयो ।
अभियानमा सिद्धार्थनगर नगरपालिका, नेपाल प्रहरी, ट्राफिक प्रहरी, सशस्त्र प्रहरी बल, भारतीय एसएसबी, किराना तथा प्लाष्टिक व्यवसायी संघ, सेफ फ्युचर, लुम्बिनी खुकुरी क्लब र हाम्रो बेलहिया राम्रो बेलहियालाई लगायतले सहयोग गरेको उहाँको भनाइरहेको छ ।
वातावरण स्वच्छ राख्नु सबैको नागरिक कर्तव्य हो भएको उहाँले बताउनुभयो । ‘आउनुहोस्, हामी मिलेर आफ्नो शहरलाई नमुना बनाउने यस अभियानलाई निरन्तरता दिऔं, ’उहाँले भन्नुभयो ।
कार्यक्रममा भण्डारीसहित अभिषेक चौधरी, विकास भण्डारी, किरन काकी, अमित जी.डी, सागर बेल्बासे लगायतको उपस्थिति थियो ।










  • सम्बन्धित समाचार

    © 2025 All right reserved to nepalnewsroom.com  | Site By : Gyaneshwor Gaud