Logo

२० फाल्गुन २०८२, बुधबार

एमालेका केन्द्रित सदस्य ऐन महर प्रहरी नियन्त्रणमा

एमालेका केन्द्रित सदस्य ऐन महर प्रहरी नियन्त्रणमा

११ भाद्र २०८२, बुधबार ११:०१
११ भाद्र २०८२, बुधबार ११:०१

काठमाडौं : नेकपा एमालेका नेता ऐन महरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। एक महिलाले उनीविरुद्ध साइबर व्युरोमा उजुरी दिएपछि प्रहरीले महरलाई नियन्त्रणमा लिएको हो।

व्युरोका प्रवक्ता एसपी दिपकराज अवस्थीले महरविरुद्ध पक्राउ पूर्जी जारी भएपछि उनी आफैं उपस्थित भएको हो। ‘एक महिलाको उजुरीका आधारमा उहाँविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो।

पक्राउ पूर्जी जारी भएपछि उहाँ व्युरोमा उपस्थित हुनुभयो। अहिले उहाँ हाम्रो नियन्त्रणमा हुनुहुन्छ,’ प्रवक्ता एसपी अवस्थीले भने।

एमाले केन्द्रीय सदस्य समेत रहेका महरलाई म्याद थपका लागि प्रशासनमा उपस्थित गराइएको उनले बताए।










  • सम्बन्धित समाचार

                  © 2026 All right reserved to lumbiniexpress24.com  | Site By : Gyaneshwor Gaud