Logo

२० फाल्गुन २०८२, बुधबार

  • ताजा समाचार
  • पाल्ही क्याम्पसमा युवालाई रक्तदानमा उत्प्रेरित गर्न सचेतना कार्यक्रम

पाल्ही क्याम्पसमा युवालाई रक्तदानमा उत्प्रेरित गर्न सचेतना कार्यक्रम

पाल्ही क्याम्पसमा युवालाई रक्तदानमा उत्प्रेरित गर्न सचेतना कार्यक्रम

२ आश्विन २०८२, बिहीबार ०८:१७
२ आश्विन २०८२, बिहीबार ०८:१७

परासी, २ असोज ।युवाहरुलाई रक्तदान गर्न उत्प्रेरित गर्ने उद्देश्यले पश्चिम नवलपरासीको परासीस्थित पाल्ही बहुमुखी क्याम्पस जीतपुरमा रक्तदान सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल स्वयमसेवी रक्तदाता समाज जिल्ला शाखा नवलपरासीको आयोजना तथा पाल्ही बहुमुखी क्याम्पसको सहआयोजनामा भएको कार्यक्रममा क्याम्पसका विद्यार्थी तथा प्राध्यापकहरुलाई रक्तदानको महत्व, प्रक्रिया र फाइदाबारे जानकारी दिइएको थियो ।

कार्यक्रममा रक्तदाता समाजका जिल्ला अध्यक्ष मोहन पौडेलको अध्यक्षता तथा पाल्ही क्याम्पस सञ्चालक समिति अध्यक्ष राधेश्याम पाठकको प्रमुख आतिथ्य रहेको थियो ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका परियोजना संयोजक अनुप खड्काले सहजीकरण गर्नुभएको कार्यक्रमलाई असोज ५ गते हुने रक्तदान कार्यक्रमको पूर्वसन्ध्यामा आयोजना गरिएको बताइएको छ ।

यस अवसरमा प्रमुख अतिथि पाठकले स्वस्थ युवाहरू नै रगतको प्रमुख स्रोत भएको भन्दै नियमित रक्तदानमा जोड दिन आग्रह गर्नुभयो । “स्वस्थ व्यक्तिले प्रत्येक तीन महिनामा रक्तदान गर्न सक्छन्, रगतदान जीवनदान हो, यसभन्दा ठूलो दान अरु हुन सक्दैन,” उहाँले बताउनुभयो ।

त्यसैगरी क्याम्पस प्रमुख दीपक अर्याल, रक्तदाता समाजकी जिल्ला उपाध्यक्ष प्रभा ज्ञवाली, पाल्ही क्याम्पस स्ववियू सभापति नीरज धवल लगायतले पनि रक्तदानको महत्वबारे धारणा व्यक्त गर्नुभएको नेपाल स्वयम सेवी रक्तदाता समाजकी जिल्ला सचिव पुष्पा लामाले जानकारी दिनुभयो ।










  • सम्बन्धित समाचार

                  © 2026 All right reserved to lumbiniexpress24.com  | Site By : Gyaneshwor Gaud