Logo

२० फाल्गुन २०८२, बुधबार

रुपन्देहीमा थपिए २९ हजार भन्दा बढी नयाँ मतदाता

रुपन्देहीमा थपिए २९ हजार भन्दा बढी नयाँ मतदाता

९ मंसिर २०८२, मंगलवार १२:१८
९ मंसिर २०८२, मंगलवार १२:१८

भैरहवा, ९ मंसिर । रुपन्देही जिल्लामा १२ हजार २ सय ८ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका थिए । जिल्लामा असोज १० गतेदेखि मतदाता नामावली नयाँ दर्ता र अद्यावधिक कार्य सुरु भएको थियो ।
जिल्ला निर्वाचन अधिकारी कल्पना अर्यालका अनुसार मंसिर ५ गतेसम्म कार्यालयमा आएर १२ हजार २ सय ८ जनाले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । जसमध्ये ६ हजार ८ सय ४३ पुरुष र ५ हजार ३ सय ६५ जना महिला रहेको अर्यालले जानकारी दिनुभयोको थियो। त्यस्तै राष्ट्रिय परिचयपत्रमार्फत १७ हजार ६ सय ३४ जनाले मतदाता नामावलीमा नाम दर्ता गरेका जानकारी दिनुभएको थियो ।सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति तोकेपछि रुपन्देहीमा मतदाता नामावलीमा नाम दर्ता गराउनेको भीड लागेको थियो । नाम दर्ता गराउनेमा अधिकांश धेरै युवा पुस्ता रहेका छन् ।२०८२ साल असोज ८ गते प्रकाशित मतदाता नामावली अनुसार रुपन्देहीको मतदाता संख्या ६ लाख ४४ हजार ३ सय ५६ रहेको जिल्ला निर्वाचन अधिकारी कल्पना अर्यालले जानकारी दिनुभयो । जसमध्ये ३ लाख ३० हजार ७ सय ४१ पुरुष, ३ लाख १३ हजार ६ सय ७ महिला र ८ जना अन्य रहेको कार्यालयले जनाएको थियो










  • सम्बन्धित समाचार

                  © 2026 All right reserved to lumbiniexpress24.com  | Site By : Gyaneshwor Gaud