
भैरहवा, २८ मंसिर । मोबाइल व्यवसायी संगठन, रुपन्देही (इकाई) को तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ। शनिबार भैरहवामा सम्पन्न साधारण सभा तथा अधिवेशनले हरि बहादुर पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएका थिए।

प्रमुख निर्वाचन अधिकृत नारायण मिश्राका अनुसार संगठनको उपाध्यक्षमा राजकुमार गुप्ता, महासचिवमा श्याम प्रकाश गुप्ता, कोषाध्यक्षमा दिनेश गुप्ता, सचिवमा दीपक पौडेल, सहकोषाध्यक्षमा रमेश यादव र सहसचिवमा पुरुषोत्तम केसरी निर्वाचित हुनुभएको थिए।

त्यस्तै सदस्यहमा जसवन्त धवल, सत्यम कलवार, मोहम्मद रसिद मुलमान, सुजन दंगाल, विजेता कुमार वर्मा र रमेश पाण्डे निर्वाचित हुनुभएको निर्वाचन समितिले जानकारी दिनुभएको हो ।








