Logo

२० फाल्गुन २०८२, बुधबार

  • खेलकुद
  • सडकमा अकस्मात् बनेको खाल्डोमा ट्रकसहित खसे चालक, बाहिर निकाल्ने प्रयास जारी

सडकमा अकस्मात् बनेको खाल्डोमा ट्रकसहित खसे चालक, बाहिर निकाल्ने प्रयास जारी

सडकमा अकस्मात् बनेको खाल्डोमा ट्रकसहित खसे चालक, बाहिर निकाल्ने प्रयास जारी

१७ माघ २०८१, बिहीबार १९:१८
१७ माघ २०८१, बिहीबार १९:१८

जापानमा दुई दिनअघि सडकमा अकस्मात् बनेको खाल्डोमा एउटा ट्रकसहित चालक खसेका थिए।

टोकियो नजिकै सडकमा बनेको एउटा ठूलो र गहिरो खाडलमा फसेका ७४ वर्षीय ट्रक चालकलाई उद्धारकर्मीहरू बचाउन प्रयास गरिरहेका छन्। लगभग दस मिटर चौडाइ र गहिराइ भएको यो खाडलमा मंगलबार बिहान एउटा ट्रक खसेको थियो।

सडकमा गाडी रोकिरहेका बेला मुनिको जमिन अकस्मात् भासिएर ठूलो खाडल बनेको थियो। गाडी त्यसैमा खसेको न्यूयोर्क टाइम्सले जनाएको छ।

यो खाडल बनेपछि त्यसको २०० मिटर वरपर बस्ने बासिन्दाहरूलाई बस्ती खाली गर्न भनिएको छ। सडकको वरिपरिका बस्तीहरूमा खाडल पनि पर्न सक्छन् भनेर त्यहाँका स्थानीय बासिन्दाहरू पनि चिन्तित बनेका छन्।










  • सम्बन्धित समाचार

                  © 2026 All right reserved to lumbiniexpress24.com  | Site By : Gyaneshwor Gaud