
भैरहवा, १० पुस । कमलापति–गंगादेवी पन्थ स्मृति प्रतिष्ठान सिद्धार्थनगर नगरपालिका वार्ड–८, रुपन्देहीले १८ जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । प्रतिष्ठानको आठौं वार्षिकोत्सवको अवसरमा बुधबार ८० वर्ष पूरा भएका र सो भन्दा माथि उमेरका ज्येष्ठ नागरिकलाई सम्मान गरिएको हो।कार्यक्रममा ज्येष्ठ नागरिकलाई नगदसहित दोसल्ला ओढाएर सम्मान–पत्रद्वारा सम्मान गरिएको प्रतिष्ठानका सल्लाहकार तथा सिद्धार्थनगर नगरपालिकाका निवर्तमान प्रमुख हरिप्रसाद अधिकारीले जनाएको छ।

प्रतिष्ठानका महासचिव गोविन्द राज अधिकारीले संस्थाले आफ्नो स्थापनाकालदेखि नै ज्येष्ठ नागरिकलाई सम्मान गर्दै आएको बताउनुभयो । यसले ज्येष्ठ नागरिकमा उर्जा थपेको अनुभुति भएको उहाँले जानकारी दिनुभयो। महासचिव अधिकारीका अनुसार संस्थाले शिक्षा र स्वास्थ्य क्षेत्रमा पनि सहयोग गदै आइरहेको छ । संस्थाको मूल उद्देश्य परोपकार गर्नु रहेको उहाँले बताउनुभयो ।








