
परासी, १९ पुस। रमपुरवा साना किसान कृषि सहकारी संस्थाको २९ औ साधारणसभा सप्पन्न भएको छ। संस्थाको अध्यक्ष हेमन्त कुमार कानुको अध्यक्षता तथा पुर्ब गृहराज्य मन्त्री देबेन्द्र राज कंडेलको प्रमुख आतिथ्यतामा संस्थाको २९ औ साधारणसभा महेसपुरमा सम्पन्न भएको हो। कार्यक्रमका प्रमुख अतिथि पुर्वगृह राज्यमन्त्री कंडेलले पानसमा दिप प्रज्वलन गरि साधारणसभा कार्यक्रमको समुदघाटन गर्नु भएको हो।

सभामा संस्थाका अध्यक्ष हेमन्त कुमार कानुले अध्यक्षको प्रगती प्रतिबेदन प्रस्तुत गर्नु भएको छ। संस्थाले आफ्नो कार्यक्षेत्र पाल्हिनन्दन गाउँपालिकाको ६ वटै वडामा बिस्तार गर्दै आर्थिक, सामाजिक, सान्सकृतिक र बित्तिय लगानी क्षेत्रमा काम गर्दै आएको छ। संस्थामा कुल सेयर सदस्य १६४६ जना रहेका छन भने संस्थाबाट ६२७ जना सदस्यहरुले ऋणलिई जिविको पार्जन तथा आर्थिक उपार्जनको कार्य गरिरहेको संस्थाका अध्यक्षले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ।

संस्थाले कुल १ करोड, ७४ लाख२९ हजार शेयरपुजी रहेको छ भने संस्थाले १६ करोड २१ लाख ६१ हजार २९६ रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै ९ करोड ४४ लाख ११ हजार ४२५ रुपैया निक्षेप ( बचत) संकलन गरेको छ। संस्थाले आर्थिक बर्ष २०८१/०८२ मा कुल १४ लाख १४ हजार ७५५ रुपैया मुनाफा गरेको अध्यक्ष कानुले जानकारी दिनु भएको छ।
संस्थाले चालू आर्थिक बर्षमा शेयरपुजी १ करोड ९१ लाख पुर्याउने संस्थाको लक्ष्य रहेको छ। संस्थाले कृषि क्षेत्र, पशुपालन, उद्दमशिलता क्षेत्र, जिविको पार्जन र ब्यपार ब्यवसाय क्षेत्र, घर निर्माण वैदेशिक रोजगारी क्षेत्रमा लगानी गर्दै आएको संस्थाका ब्यस्थापक रेयाज अलि अन्सारीले जानकारी दिनु भएको छ।
साधारणसभा कार्यक्रममा प्रमुख अतिथी पुर्वगृह राज्य मन्त्री देबेन्द्र राज कंडेलले यस संस्थाको २९ औ साधारणसभाको शुभकामना व्यक्त गर्दै संस्थाले यस क्षेत्रको आर्थिक, सामाजिक बिकासमा ठूलो भुमिका खेलेको महसुस गरिरहेको जिकिर गर्नु भएको छ। उहाँले सहकारी ठगिलाई नियन्त्रण गर्न सरकार कडाईका साथ लागि रहेको भन्दै सहकारीको अनियमितता प्रति सद्स्यहरुले सक्रिय भएर गुनासो गर्न समेत सचेत गराउनु भएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै नेता कंडेलले सहकारी मार्फत नै साना किसान र गरिब दुखियाको कल्याण हुने बिश्वास ब्यक्त गर्दै यसको ऋणबाट यहाका जनताहरुले आफ्नो जिविको तथा आर्थिक उपार्जनमा लाभ उठाउन आग्रह समेत गर्नु भएको हो।

सभा कार्यक्रममा सस्थाको अध्यक्ष हेमन्त कुमार कानु, विशेष अतिथी पाल्हिनन्दन वडा १ का वडा अध्यक्ष चुलाई यादव, अतिथी लछ्मी हरिजन, पुर्व अध्यक्ष राम प्रसाद भुषाल, संस्थाको ब्यस्थापक रेयाज अलि अन्सारी लगायत शुभकामना मन्तव्य राख्नु भएका थिए।
सभामा बढी बचत कर्ताहरुलाई सम्मान सहित पुरस्कार समेत बितरण गरिएको थियो। त्यस्तै अतिथिहरुलाई मायाको चिनो समेत प्रदान गरिको थियो। सभाको औपचारिक उद्घाटन सत्र कार्यक्रमको संचालन संस्थाको ब्यस्थापक रेयाज अलि अन्सारीले गर्नु भएको थियो।








