Logo

२२ फाल्गुन २०८२, शुक्रबार

  • Uncategorized
  • रोहिणी–१ मा वडा कार्यालय भवनको उद्घाटन

रोहिणी–१ मा वडा कार्यालय भवनको उद्घाटन

रोहिणी–१ मा वडा कार्यालय भवनको उद्घाटन

१ माघ २०८२, बिहीबार ०२:४४
१ माघ २०८२, बिहीबार ०२:४४

भैरहवा, पुष ३० गते रुपन्देहीको रोहिणी गाउँपालिका १ नम्बर वडा कार्यालयको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । बगहामा निर्मित भवनको बुधबार गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले उद्घाटन गर्नुभएको छ ।

वडा सचिव राजकुमार मिश्रका अनुसार भवन ६३ लाख ९९ हजार ९ सय ७८ रुपैयाँको लागतमा निर्माण भएको हो । भवन तोकिएकै समयमा नै निर्माणसम्पन्न भएको मिश्रले जानकारी दिनुभयो । उद्घाटन भएसँगै पुरानो तथा जीर्ण अवस्थामा भवनबाट नागरिकलाई सेवा प्रवाह हुँदै आएकोमा अब भने सेवा सुविधासम्पन्न भवनबाट हुने भएको छ ।

वडा कार्यालय भवन निर्माण हुनु ठूलो उपलब्धी भएको बताउनुभयो । उहाँले विगत र अहिलेको भवनको भिन्नताबारे वडाबासीलाई राम्रोसँग जानकारी रहेको बताउनुभयो । ‘यो भवन सम्पूर्ण जनताको लागि हो, ’उहाँले भन्नुभयो–‘भौतिक पूर्वाधारसँगै शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर गाउँपालिका अघि बढेको जनाउनुभयो










  • सम्बन्धित समाचार

                  © 2026 All right reserved to lumbiniexpress24.com  | Site By : Gyaneshwor Gaud