Logo

२२ फाल्गुन २०८२, शुक्रबार

  • Uncategorized
  • बुवाको बिरासत जोगाउने क्षेत्र नम्बर ३ को क्याप्टन गौरव बोहरा

बुवाको बिरासत जोगाउने क्षेत्र नम्बर ३ को क्याप्टन गौरव बोहरा

बुवाको बिरासत जोगाउने क्षेत्र नम्बर ३ को क्याप्टन गौरव बोहरा

९ माघ २०८२, शुक्रबार ११:५४
९ माघ २०८२, शुक्रबार ११:५४

भैरहवा, ९ माघ । रुपन्देही क्षेत्र नम्बर ३ बाट २०७० र २०७९ सालको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता दीपक बोहरा निर्वाचित हुनुभयो । २०७९ सालमा तत्कालिन गृहमन्त्री तथा नेपाली काँग्रेसका उम्मेदवार बालकृष्ण खाणलाई पराजित गर्दै बोहरा प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभयो । 

कोराना संक्रमित भएपछि उहाँलाई घाँटीमा समस्या देखियो । त्यसपछि उहाँ बोल्न सक्नुभएन । तर, त्यसका बाबजुद पनि चुनावी मैदानमा होमिनुभयो । मतदातासमक्ष एक शब्द पनि नबोली उहाँ विजयी हुनुभयो । पटकपटक मन्त्री बन्नुभएका बोहराको २०८१ साल चैत १९ गते निधन भयो । स्वर्गीय बोहरालाई ‘विकासप्रेमी नेता’को रुपमा चिनिन्छ । रुपन्देहीको विकासका लागि पार्टी भन्दा माथि उठेर काम गर्नुभएको बोहरालाई सबैका साझा नेताको रुपमा पनि चिनिन्छ । 

निर्वाचनमा दीपक बोहरालाई जिताउन नेता, कार्यकर्ता, शुभेच्छुक, स्थानीयसहितउहाँको दुई छोरा क्याप्टेन क्षेत्र नम्बर ३ मा गौरव बोहरा र प्रज्ज्वल बोहरा सहित क्षेत्र नम्बर १ बाटा उम्मेदवार दिएका छन्। । दुवै छोराहरु अहिले बाबुको विरासत जोगाउन चुनावी मैदानमा उत्रिनुभएको छ । रुपन्देही क्षेत्र नम्बर १ मा छोरा प्रज्जवल र ३ मा गौरव उम्मेदवार बन्नुभएको छ । 










  • सम्बन्धित समाचार

                  © 2026 All right reserved to lumbiniexpress24.com  | Site By : Gyaneshwor Gaud