भैरहवा, १० माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को तर्फबाट रुपन्देही क्षेत्र नम्बर ३ का उम्मेदवार क्याप्टेन गौरव बोहराले खेलकुद क्षेत्रको विकासलाई उच्च प्राथमिकतामा राख्ने बताउनुभएको छ । उहाँले खेलकुद क्षेत्रको विकासका साथै भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई चलायमान बनाउने एजेण्डा लिएर अघि बढेको जानकारी दिनुभयो।

रुपन्देहीको मायादेवी गाउँपालिका–७ स्थित बनगाईमा आयोजित खुल्ला वार्ड टी–१० क्रिकेट प्रतियोगितामा खेलाडीहरुसँग कुराकानी गर्नुहुँदै उहाँले यस्तो खेलाडीलाई विजेत लाई ४० हजार र उपविजेतालाई २० हजार नगद पुरस्कार क्याप्टेन गौरव बोहराले जानकारी दिनुभयो

नेपाली क्रिकेट खेलाडीले राम्रो खेल प्रदर्शन भोलिका लागि नेसनल र इन्टरनेसनल खेल जगतमा भविष्य राम्रो र उपयोगी छ । स्थानीयस्तरबाटै खेलाडी उत्पादन गर्न वडा तहमा आयोजना हुने यस्ता प्रतियोगिताले महत्वपूर्ण टेवा पुर्याउँछ, ’उहाँले बताउनुभयो। ।








