भैरहवा, १७ माघ । राष्ट्रिय जनमुक्ति पार्टीले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । रुपन्देहीको तिलोत्तमामा पत्रकार सम्मेलन गरी पार्टीले आगामी फागुन २१ गते हुन लागेको निर्वाचनका लागि १० बुँदे ‘नागरिक सम्बोधनपत्र’ सार्वजनिक गरेको हो ।

घोषणापत्र सार्वजनिक कार्यक्रममा बोल्दै पार्टीका केन्द्रीय अध्यक्ष केशव सूर्यवंशीले व्यक्ति प्रधान भन्दा पनि नीति प्रधान भए बहस गर्नुपर्ने अहिलेको नेपालमा सबै क्षेत्रमा लगानी र खर्चको लागि वैदेशिक ऋण भित्र्याउने परिपाटीले मूलुकलाई गम्भीर संकट तर्फ धकेल्दै छ। अब उप्रान्त अनुत्पादक कार्य वा खर्च प्रयोजनका लागि वैदेशिक ऋण लिने कार्यलाई निरुत्साहित गरिनेछ। उत्पादनजन्य वा प्रतिफल दिने परियोजनाहरूको लागि सरकार, उद्यमी र नागरिकको समान लगानी रहने त्रिपक्षीय अर्थ प्रणालीको मोडेल लागु गर्न हामी प्रतिबद्ध छौं । रहेको उल्लेख गर्नुभयो । नयाँ दलहरुप्रति लक्षित गर्दै उहाँले भन्नुभयो–देशले अहिले पात्र होइन, एजेण्डा खोजेको छ । एजेण्डा महत्वपूर्ण कुरा हो, पात्र होइन ।’

उहाँले अहिले निर्वाचन प्रणाली र राजनीतिक अवस्थामा कुनै पनि दलको स्पष्ट बहुमत आउने संकेत नदेखिएको बताउनुभयो । कुनै पनि दलको स्पष्ट बहुमत नआउने अवस्थामा निर्वाचनपछि बन्ने सरकारमा राष्ट्रियताको पक्षमा उभिने दलहरु एक ठाउँ उभिनुको विकल्प नभएको उहाँले बताउनुभयो नेपालमा विकास, समृद्धि र राष्ट्रिय एकताको राजनीतिक प्रस्ताव ल्याउने पार्टी राष्ट्रिय जनमुक्ति पार्टी हो। संघीयताको मूल प्रस्तावक र वकालतकर्ता भएको नाताले, हामी के भन्छौं भने, संविधान-२०७२ ले अंगीकार गरेको संघीय मोडल त्रुटिपूर्ण छ। अर्थात राष्ट्रिय आकांक्षालाई सम्बोधन गर्ने किसिमको बन्न सकेको छैन। त्यो दश वर्षको अनुभवले पनि पुष्टी भईसकेको छ। तसर्थ, शक्तिशाली राज्य पुनर्संरचना आयोग गठन गरी त्यसले सुझाए बमोजिमको संघीय मोडलमा जानु पर्छ। यसमा हामी प्रतिबद्ध छौ।








