भैरहवा–‘स्थानीय बजारमा खरिद गरी स्थानीय बजारको प्रबद्र्धन गरौं, स्वदेशी बस्तुको प्रयोग गरी स्वाभिमानी नेपालीको पहिचान बनाऔं’ भन्ने मूल नाराका साथ बुधवार (भोलि) देखि सुरु हुने ‘सातौं लुम्बिनी महोत्सव–२०८२’ को तयारी पुरा भएको छ
महोत्सव मूल समारोह समितिका संयोजक तथा चेम्बर अफ कमर्स रुपन्देहीका अध्यक्ष सचिन रोक्काले महोत्सवका लागि ९० प्रतिशत भन्दा धेरै तयारी पुरा भएको बताउनुभयो। ‘बाँकी १०% प्रतिशत कार्य पनि रातभरीमा सकेर भोलीसम्ममा पूर्ण तयारी गराइने बताउनुभएको छ रोक्का भनाइ अनुसार महोत्सवलाई पूर्ण सफल बनाउन सवै पक्षसँग गरिएको छलफलबाट प्राप्त सुझावलाई समेटेर अघि बढे दाबी गर्नुभएको छ। उनका अनुसार महोत्सवको उद्घाटन सिद्धार्थनगर नगरपालिकाका प्रमुख तथा सन्तोषकुमार पाण्डेयबाट एकसाथ गराइने छ ।








